२९० जना नयाँ सङ्क्रमित थपिए, ३ जनाको मृत्यु


काठमाडौं, पुष ०६। पछिल्लो २४ घण्टामा २९० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १२ हजार ४७३ जनामा पीसीआर परीक्षण गरिएकोमा २५२ जनामा र ४६ हजार १६ जनामा एन्टीजेन परीक्षण गर्दा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २३२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७७ पुगेको छ । यसैगरी देशमा हालसम्म ५ हजार २४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।