आज न्याय सेवा आयोगको बैठक, जिल्ला न्यायाधीशकाे नतिजा प्रकाशन हुने


काठमाडौं, पुष ०७। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज न्याय सेवा आयोगको बैठक बोलाएका छन्। आज अपराह्न ३ बजे बोलाइएको बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ। जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको जनाइएको छ।

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ।