चिनियाँ राजदूत र एमाले अध्यक्ष ओलीबीच एमसीसी बारेमा छलफल


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ ।
राजदूत होउले ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीसँग एक्लै डेढ घण्टा लामो संवाद गरेकी हुन्।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ राजदूतले अध्यक्ष ओलीसँग भेट गरेको पुष्टि गरेका छन्।

‘ओली अध्यक्ष निर्वाचित भएपछि चिनियाँ राजदूतसँग पहिलोपटक भेट भएर समसामयिक परिस्थितिबारे छलफल भएको बताएका छन् ।
नेपालको संसदमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कम्प्याक्ट अनुमोदनबारे दलहरुबीच मतभेद बढिरहँदा चिनियाँ राजदूतले ओलीलाई भेटेर आफ्ना सरोकार दर्शाएकी छन्। यद्यपि त्यसको स्वतन्त्र पुष्टि भने नभएको हो ।

भेटमा दुईजनाबीच एमसीसीबारे छलफल नभएको दाबी गरेचीनले सार्वजनिक रुपमै एमसीसी नेपालको पक्षमा नभएको भन्दै धारणा राख्दै आएको छ ।

गत साता चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका एक नेताले एमाले महासचिव शंकर पोखरेलसँग भिडियो संवाद समेत गरेका थिए।

संवादमा चिनियाँ नेताले अमेरिकी परियोजना एमसीसीबारे चासो राखेको समाचार सार्वजनिक भएका थिए।

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा चिनियाँ विज्ञहरुले एमसीसीलाई अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटिजीको अंगका रुपमा ब्याख्या गर्दै सो रणनीतिमा सहभागी हुनु नेपालको हितमा नरहेको स्पष्ट पारिसकेको छ ।

कतिपय चिनियाँ विज्ञले एमसीसी अमेरिकाको चीन घेर्ने विश्व रणनीतिको हिस्सा रहेको भन्दै त्यसमा सहभागी हुँदा नेपालले विचार पु¥याउनुपर्ने धारणा राखेका छन् ।

एमसीसी अनुमोदनको बिषय संसदको कार्यसूचीमा अहिलेसम्म पर्न सकेको छैन। प्रमुख प्रतिपक्षी एमालेले आफू एमसीसी अनुमोदनका पक्षमा नरहेको बताउँदै आएको छ।

उसले एमसीसीबारे प्रधानमन्त्री देउवाले यही साता डाकेको सर्वदलीय बैठक बहिष्कार गरेको हो ।

एमाले सचेत विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी अनुमोदनको पक्षमा नरहेको स्पस्ट पारिसकेका छन्। उनले एमसीसीबारे सत्तारुढ दल नबोलेसम्म एमालेले आफ्नो धारणा नबनाउने बताएका छन्।

अमेरिकामा एमसीसीको कार्यकारी बोर्डको बैठककै दिन पारेर मंसिर २८ गते नेपालमा संसद बैठक डाकियो।

तर एमालेको अवरोधले संसद चल्न सकेन। हिजो मंसिर ६ र ७ गते पनि संसद बैठक बस्यो। तर बैठकमा एमाले सांसदले अवरोध गरे।

एकातिर एमालको अवरोधले संसद बैठक चल्न सकेको छैन भने अर्कोतिर सत्तारुढ दलबीच नै एमसीसी अनुमोदनबारे सहमति जुट्न सकेको छैन। एमसीसी अघि बढ्न नसके पनि केही सरकारी अध्यादेश र विधेयक संसदमा प्रस्तुत भएका छन्।

एमालेले संसद चल्न सभामुख अग्नि सापकोटाको राजीनामालाई पूर्वसर्त बनाएको छ। पार्टीद्वारा निलम्बित १४ सांसदलाई सभामुखले जोगाएको आरोप एमालेले लगाएको छ। तर सभामुख सापकोटा एमालेका सर्त मान्न तयार छैनन्। नेकपा माओवादी केन्द्र एमसीसी यताथस्थितमा पास गर्ने पक्षमा छैनन । भने एमाले र नेपाली कांग्रेस एमसीसीलाई संसदबाट अनुमोदन गर्ने पक्षमा छन् ।