लिगकप : लिभरपुल, चेल्सी र टोटनह्याम सेमिफाइनलमा


काठमाडौं, पुष ०८। लिभरपुल, चेल्सी र टोटनह्याम लिगकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलेमा तीनै टिमले जित निकाल्दै अन्तिम चारमा आफ्नो स्थान बनाएको हो । लिभरपुलले लेस्टर सिटीलाई टाइब्रेकरमा ५-४ ले पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयको खेलमा दुवै टिमले ३-३ को बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

चेल्सीले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुग्यो । चेल्सीलाई जित दिलाउनको लागि जोर्गिनोले गोल गरे । एक गोल भने चेल्सीले उपहार गोल पाएका थिए । त्यस्तै टोटनह्यामले वेष्ट ह्यामलाई २-१ ले पराजित गर्यो । टोटनह्यामको लागि स्टेभन र लुकास मोउराले समान एक–एक गोल गरे । वेष्ट ह्यामको लागि जार्रोडले गोल गरेका थिए ।