नेपालको भलिवलमा सुखद सुरुवात


नेपालको महिला भलिबल टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुआत गरेको छ ।

बंगलादेशको ढाकामा बिहीबार श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै नेपालले सुखद सुरुआत गरेको हो ।

साविक विजेता समेत रहेको नेपालले सुरुआती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको सुरुआती दुई सेट श्रीलंकाले २५–१९ र २५–२१ ले जितेको थियो ।

तर, त्यसपछिको दुई सेटमा नेपालले २५(१५ र २५(१५ को सेटमा जित निकाल्यो ।

त्यसपछि अन्तिम सेटमा श्रीलंकालाई १५(१३ को सेटमा हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

अब नेपालले शुक्रबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पुरुष टोलीले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र आयोजकबीचको खेल दिउसो ४स्४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन् ।

पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।