प्रचण्डको दस्तावेज स्थायी समितिमा छलफलका लागि पेश


काठमाडौं, पुष ०९। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक दस्तावेज आज स्थायी समिति बैठकमा पेश भएको छ । पुस ११ देखि सुरुहुने राष्ट्रिय सम्मेलनका लागि तयार पारेको दस्तावेज स्थायी कमिटीमा पेश गरेका हुन ।

शुक्रबार माओवादी मुख्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले सो दस्तावेजका मुख्य एजेण्डाहरु बारेमा चर्चा गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन ।

हाम्रो राष्ट्रिय सम्मेलन पर्सिदेखि काठमाडौंमा सुरु हुँदैछ । महराले आजको बैठकमा अध्यक्षले सम्मेलनका लागि तयार पारेको डकुमेन्ट पेस गर्नु भएको जनाएका हुन ।

यसमा स्थायी कमिटीले आवश्यक सुझाव दिएको छ। ती सुझावसहित अध्यक्षले राष्ट्रिय सम्मेलनमा सो दस्तावेज पेश गर्ने छन् ।