भारत भ्रमणमा जाने प्रधानमन्त्री देउवाको तयारी


काठमाडौं, पुष ०९। प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिममा भारत भ्रमणमा जाने तयारी भएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोप–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए ।

नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भए लगतै देउवा भारत जान लागेका हुन् । बालुवाटार स्रोतले प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिला साताको मिति प्रस्ताव गरिएको छ, यद्यपि जनवरी १० मा पनि हुनसक्ने छ ।

प्रधानमन्त्री देउवा प्रधानमन्त्री भएपछि औपचारिक रुपमा छिमेकी मुलुकको भ्रमणमा गएका छैनन । प्रधानमन्त्री भएलगतै पार्टीको आन्तरिक महाधिबेशनमा लागि परेका देउवालाई अव विदेश भ्रमणमा जाने समय जुरेको छ ।