मसालको भातृ संगठन माओवादीमा विलय


नेकपा मसाल सम्पर्क केन्द्र नेकपा माओवादी केन्द्रमा विलय भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेकपा मसालबाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएसंगै माओवादीमा विलय भएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल सम्पर्क केन्द्र गठन गरेको थियो । सोही समूह माओवादी केन्द्रमा विलय भएको हो ।

विद्रोही समूहले ३९ जिल्लामा आफूहरुको संगठन रहेको बताएको छ । माओवादी शान्त्रि प्रक्रियामा आएपछि मोहनविक्रम सिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदी लगायत माओवादीसँग एकतामा आएका थिए । लम्साल त्यो एकतामा सहभागी नभइ मसालभित्रै अन्तरसंघर्षमा रहेका थिए ।

अहिले विस्तारै कमयुनिष्ठ विचार धाराका पुराना नेता तथा संगठनहरु माओवादीमा आवद्ध हुदै आएका छन् । माओवादीले यही पौष ११ गतेदेखि राजधानीमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।