सबैको सभापति भएर काम गर्ने सभापित देउवाको प्रतिवद्धता


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सबैको भावनाको प्रतिनधित्व गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सभापति देउवाले विगतमा कसले भोट हाल्यो हालेन भनेर विभेद नगर्ने बताएका हुन ।

‘कसले भोट हाल्यो हालेन भनेर हेर्दिनँ, सबैको सभापति भएर काम गर्छु,’ उनले भने ‘मेरो जिम्मेवारी ठूलो छ, सबैलाई समावेश गरेर सबैको भावना कदर गरेर काम गर्छु ।’

सभापति देउवाले कांग्रेसले वडादेखि प्रजातान्त्रिक अभ्यास गरेको स्मरण गर्दै निर्वाचन समितिले निष्पक्षतापूर्वक काम गरेकोमा धन्यवादसमेत दिएका छन् ।

कांग्रेसको दुई साताअघि भएको निर्वाचनमा सभापति देउवा दोस्रो कार्यकालका लागि २७३३ मतसहित निर्वाचित हुनुभएको थिए । निर्वाचनमा कूल ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६२३ ले मत खसालेकोमा देउवाले २,७३३ र डा. शेखर कोइरालाले १,८५५ मत प्राप्त गरेका हुन ।

आज सबै सदस्यहरुलाई प्रमाणपत्र विवतरण समेत गरिएको छ ।