प्रतिनिधि छनौट अधिकार अध्यक्ष प्रचण्डमा केन्द्रित


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार पाएका छन् ।

शनिबार बिहान बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डलाई १ हजार ४ सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार दिएको हो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रचण्डले विभिन्न पार्टीबाट प्रवेश गरेकासहित एक सय ४८ प्रतिनिधिलाई राष्ट्रिय सम्मेलन प्रनिनिधिका रुपमा मनोनयन गर्नुहुनेछ ।
माओवादीको प्रथम राष्ट्रिय सम्मेलन ११ पुसमा प्रज्ञा भवन काठमाडौंमा उद्घाटन हुँदैछ ।