माओवादी केन्द्रको महाधिबेशनमा ११ दललाई निमन्त्रणा


नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको आज राजधानीमा उद्घाट्न हुदै छ । पहिले राष्ट्रिय सम्मेलन भनेको माओवादी केन्द्रले अन्तिममा यसैलाई आठौं महाधिवेशनको रूप दिने निर्णय गरेको हो। यसअघि २०६९ माघमा हेटौंडामा माओवादी केन्द्रको सातौं महाधिवेशन भएको थियो।

राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ले यस्तो निर्णय गरेको हो । दिउँसो ३ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन उद्घाटन गरिने माओवादी केन्द्रको कार्यतालिका छ । ्

उद्घाटन समारोहमा आतिथ्यका लागि माओवादी केन्द्रले ११ राजनीतक दललाई निमन्त्रणा गरेको छ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालगायत ११ पार्टीलाई निमन्त्रणा गरेको हो ।

यसअघि गत मंसिरमा नेकपा एमालेले आफ्नो १०औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रलाई बोलाए पनि अध्यक्ष प्रचण्ड गएनन्, नेता लीलामणि पोखरेललाई पठाए। अब अहिले माओवादी केन्द्रको महाधिवेशन उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली आउलान् किन नआउलान् भन्ने विषयलाई चासोको साथ हेरिएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकता गरी नेकपा बनाएर दुई अध्यक्ष बनेका ओली र प्रचण्ड नेकपा भंग भएयता एकअर्काविरुद्ध हात धोएर लागेको देखिन्छ।

उनीहरूबीच धेरै महिनापछि नेपाली कांग्रेसको महाधिवेशनमा एकै मञ्चमा भेट भएको थियो। त्यसैगरी एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि धेरै समयपछि त्यही बेला ओलीसँग एकै मञ्चमा देखिएका थिए।

तर यी तिनै नेताले सम्बोधनका क्रममा एकअर्काको नाम लिनुपर्छ भनेर अतिथिहरूलाई एकमुस्ट रूपमा अतिथि गण भनेका थिए।

माधव नेपाललाई त एमालेले आफ्नो महाधिवेशन उद्घाटनमा निमन्त्रणा नै गरेका थिएनन । नेकपा एमालेले नारायणी तिरमा, राप्रपा र नेपाली कांग्रेसले राजधाानीमा महाधिबेशन गरेका थिए ।