माओवादीमा १५ पदाधिकारी रहने व्यवस्था


नेकपा माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्माण गर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय समितिको बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने माओवादीको तयारी छ ।

महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ । महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । मनोनीत सहित प्रतिनिधि १ हजार ६ सयको हाराहारिमा रहेका छन् । उद्घाट्न कार्यक्रममा ११ राजनीतिक दलका साथै विदेशीहरुलाई समेत निमन्त्रणा गरिएको माओवादीले जनाएको छ ।