जारी माओवादीको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन बन्द शत्रमा पेश गरेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन ।

‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रतिनिधिबीच समूहगतरुपमा छलफल हुने बताइएको छ ।

माओवादीले बन्दसत्र सञ्चालनका लागि ७ जनाको अध्यक्षमण्डल चयन गरिएको छ भने कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् । जारी बन्दसत्रमा कूल १ हजार ६ सय ३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी रहेको माओवादी सचिवालयले जनाएको छ ।