महाधिवेशनमा विधान मस्यौदा प्रस्तुत्


नेकपा माओावदी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले महाधिवेशनमा विधान मस्यौदा प्रस्तुत् गरेका छन् । नेकपा माओवादी केन्द्रको राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य गुरुङले विधान मस्यादा प्रस्तुत् गरेका हुन ।

विधान प्रस्ताव पारित भए लगतै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुको समूह विभाजन गरेर अध्यक्ष प्रचण्डबाट प्रस्तुत् वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी समिति सदस्य गुरुङले प्रस्तुत् गरेको विधान मस्यौदामाथि छलफल हुनेछ कार्यतालिका रहेको छ।

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रको पहिलो चरणमा पार्टी अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका छन् । प्रचण्डले २१ शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकमा दस्तावेज पेश गरेका हुन ।
२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको दस्तावेज दुई घण्टा १५ मिनेट समय लगाएर प्रचण्डले बन्द सत्रमा प्रस्तुत् गरेका हुन ।