प्रधानमन्त्री देउवा पुस २५ मा भारत जाँदै


काठमाडौं, पुष १३। प्रधानमन्त्री शेरबहादुर देउवा भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा भाग पुस २५ गते भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्त्यही दिन देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची छ।

एकदिन दिल्लीमा बसेर प्रधानमन्त्री देउवा गुजरात ग्लोबल समिटमा भाग लिन भारतीय समकक्षी मोदीको गृह प्रदेश गुजरात पुग्नेछन्। गुजरात ग्लोबल समिट जनवरी १० अर्थात पुस २६ गतेबाट सुरु हुँदैछ।तिन दिनसम्म चल्ने समिटमा प्रधानमन्त्री देउवाले भाग लिने कार्यक्रम रहेको छ। देउवाले २० देखि २५ जना प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

गठबन्धन सरकारको नेतृत्व गर्दै गत असार २९ गते प्रधानमन्त्री भएका देउवाको यो पहिलो भारत भ्रमण हो। जलवायु परिवर्तन सम्बन्धी स्कटल्याण्डको ग्लास्कोमा भएको सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग साइड लाइन वार्ता गरेका थिए।