राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि माओवादीमा समूहगत छलफल


नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन नेता तथा कार्यकर्ताहरु समूहगत छलफलमा छन् । बन्द सत्रको पहिलो दिन अध्यक्ष प्रचण्डले २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत् गरेका छन् ।

यता स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत् गरेका थिए । विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।

केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरुमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

बन्द सत्रमा अध्यक्ष क। प्रचण्डबाट प्रस्तुत् वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत् विधान मस्यादा प्रस्तावमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजन गरिएको छ ।

समूहगत छलफलका लागि बनाइएको २५ समूहमा समूहगत छलफल गरी आएको निष्र्कष भाोलीको बैठकमा पेश गरिने माओवादीको सचिवालयले जनाएको छ ।

समूहगत छलफलको विस्तृत विवरण यस प्रकार छ:-

समूह १

जेष्ठ कम्युनिष्ट मञ्चले प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी – एनके प्रसाई

समूह २ र ३
सहभागी – सल्लाहकारहरु
छलफलको स्थान – प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी – नन्दकुमार थापा

समूह ४ र ५
सहभागी – प्रदेश नं. १ का प्रतिनिधिहरु
छलफलको स्थान – भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी – हर्क नेम्वाङ

समूह ६ र
सहभागी – प्रदेश नं. २ का प्रतिनिधिहरु
छलफलको स्थान – पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी – गणेश साह

समूह ८ र ९
सहभागी – लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान – सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी – चक्रपाणी खनाल

समूह १० र ११
सहभागी – गण्डकी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान – पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी – गायत्री गुरुङ

समूह १२
सहभागी – प्रवास प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान – पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी – लक्ष्मण पन्त

समूह १३ र १४
सहभागी – कर्णाली प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान – एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी – विमला केसी

समूह १५ र १६
सहभागी – सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान – एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी – खगराज भट्ट

समूह १७ र १८
सहभागी – सम्पूर्ण विभागका प्रतिनिधिहरु
छलफलको स्थान – क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी – मायाप्रसाद शर्मा

समूह १९
सहभागी – उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान – क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी – जगत सिंखडा

समूह २० र २१
सहभागी – सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान – क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी – कृष्ण अधिकारी

समूह २२ र २३
सहभागी – बागमति प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान – काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी – सरल सहयात्री

समूह २४
सहभागी – आयोगका सदस्यहरु
छलफलको स्थान – काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी – विष्णुपुकार श्रेष्ठ

समूह २५
सहभागी – जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु
छलफल गर्ने स्थान – काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी – अमृता थापामगर

केन्द्रीय सदस्यहरु सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने ।
मंगलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार विहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत् गर्ने कार्यक्रम छ । बुधबार विहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा हुनेछ । ११ गते उद्घाटन भएको महाधिवेशनमा हिजो राजनीतिक प्रतिवेदन र विधान मस्यौदा पेश र्भसँगै समूहगत छलफल भई माओवादीमा भावी नेतृत्व चयन हुने छ ।
अध्यक्षमा हालका अध्यक्ष प्रचण्डकै निरन्तरता हुने पक्का भएपनि अन्य पदाधिकारीका पददेखि केन्द्रिय सदस्यसम्म प्रतिस्पर्धा हुने देखिन्छ ।