लेस्टर सिटीसँग लिभरपुल पराजित


काठमाडौं, पुष १४। इंंग्लिस प्रिमियर लिगममा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा भिलरपुल लेस्टर सिटीसँग १-० गोल अन्तरले पराजित भएको हो । लेस्टर सिटीलाई जित दिलाउनको लागि एडिमोला लुकम्यानले गोल गरे । उनले दोस्रो हाफको ५९औं मिनेटमा गरेको गोल नै निर्णयक गोल बन्यो ।

पराजितसँगै लिभरपुलले शीर्षस्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको अंक दुरी कम गर्ने मैका गुमाएको छ । १९ खेलबाट ४१ अंक जोड्दो लिभरपुल दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको सिटीको ४७ अंक छ । लेस्टर सिटीले भने नवौं स्थानमा उक्लिएको छ । उसको १८ खेलबाट २५ अंक जोडेको छ ।