राजधानीका डाँडामा हिमपात


मौसममा आएको परिवर्तनसँगै रातीदेखि देशैभर वर्षाका साथै पिहमपात समेत भएको छ । तराई र पहाडी क्षेत्रमा वर्षा भएको छन् भने हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको हो ।

यस्तै हिउँदे वर्षा भएसँगै राजधानी वरिपरिका डाँडा पाँखामा समेत बाक्लो हिमपात परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भएको हो । वर्षासँगै राजधानीको पश्चिमी क्षेत्र चन्द्रागिरी डाँडाामा समेत बाक्लो हिमपात भएको छ ।

बिहानैदेखि हिमपात भएसँगै चन्द्रागिरि हिल्समा सर्वसाधारणहरु हिउँ खेल्न पुगेका छन् । चन्द्रागिरिमै हिउँ परेपनि बिहानै त्यहाँ पुगेका हुन ।

हिल्समा बस्ने कर्मचारी तथा भालेश्व मन्दिरका पुजारी समेत एका विहानै हिउँमा खेलेका दृश्य सामाजिक सञ्जालमा पोष्ट भएका छन् । हिउँमा खेल्न पाउँदा मज्जा आउनेका साथै जाडोमा शरीर समेत फुती हुने भएकाले हिउँ खेल्न युवायुवीहरु बढि रुची राख्छन् ।

हिमपात भएसँगै चन्द्रागिरि केबलकारबाट डाँडामा पुग्नेहरूको भीडभाड समेत बढेको हिल्स व्यवस्थापनले जनाएको छ । यस्तै चन्द्रागिरी वडा नम्बर १ को दहचोक डाँडामा समेत हिउँ परेको छ । इन्द्रथान आसपासको क्षेत्रमा वर्षासँगै भारी हिमपात भएको हो ।