सुर्खेतको विरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनः स्थापना


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक फेरी स्थापना गरीएको छ । बुधबार स्वतन्त्र सुर्खेतबासी जनता समूहले पुर्व राजा साहको शालिक स्थापना गरेको हो । राजा वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको बताइएको छ ।

राजाको प्रतिमा निर्माण गरिएको सो चोकमा राजा वीरेन्द्रको शालिक राखिएको थियो । तर, २०६२–०६३ को जनआन्दोलन हुँदा सालिक आन्दोलनकारीले तोड्फोड गरेका थिए । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनःनिर्माण गरेपनि सालिक भने राखेको थिएन ।

पुनःनिर्माण भएको लामो समयसम्म सालिक राख्ने वा नराख्ने विषयमा विवाद भएको थियो । तथापि नगरपालिकासँग समन्वय नगरी स्वतन्त्र सुर्खेतबासी जनता समूहले आज पुरानै स्थानमा सालिक राखेका हुन ।

राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनक सिंहले राजाको शालिक कूनै एउटा व्यक्तिले मात्र नभई जनताको अपेक्षाअनुसार राखिएको बताएका छन् । राजाको इतिहास सालिक राखिएको बताएका छन् ।
यो शालिक राख्न निकै ठुलो बलिदानी गरिएको समेत दाबी गरेका छन् ।

तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उनले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर वीरेन्द्रनगरको गुरुयोजना बनाउन लगाएका थिए । २०४४ सालमा राजा वीरेन्द्रका दम्पती नै सुर्खेतमा आएर यो चोक अनावरण गरेका थिए ।

त्यसबेला नै यो चोकको नाम वीरेन्द्र चोक राखिएको हो । राजा वीरेन्द्र २०२३ सालमा पहिलोपटक सुर्खेत आएको बेलामा उनले उपत्यका खुब मन परेकाले २०२९ सालमा गुरुयोजना बनाउन लगाएको बुझिन्छ । त्यतिबेलासम्म कटकुवा नगर पञ्चायतका रुपमा रहेको यो उपत्यकालाई त्यसैबेला वीरेन्द्र चोक नामाकरण गरिएको थियो ।

०६२ ०६३ को जनआन्दोलनका वेला राजा वीरेन्द्रको शालिकसहितको वीरेन्द्र चोक भत्काएपछि पुनर्निर्माण गरिएको चोकको नाममा वीरेन्द्रको सालिक नराखेर गमला राखिएको थियो । नगरपालिकाले वीरेन्द्र चोकलाई ०७५ साल जेठमा पानीको फोहोरासहितको चोक निर्माण गर्ने योजना बनाएपनि विवाद भएपछि यो योजना सफल हुन सकेन र चोकमा गमला राखिएको स्थानीयले बताएका छ ।

सुर्खेत स्वर्गीय राजा वीरेन्द्रको मनपर्ने ठाँउ भएको र यहाँको विकासमा राजाको कदम योगदानलाई सम्मान गर्दै अहिलेलाई अर्धकदको सालिक पुर्नस्थापना गरिएको सरोकारवालाले बताएका छन् । शालीक राखेसंगै सुर्खेतबासीले खुशी व्यक्त गरेका छन् ।