११ समूहको छलफल सकियो


११ समूहको छलफल सकियो नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको प्रस्तुतिकरण सकिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि छफल स्थगित गरिएको माओवादी सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका नेताले बिहीबार विहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलपmलको निष्कर्ष सुनाउनेछन् । हिजो माओवादीका प्रतिनिधिबीच समूहगत छलफल भएको थियो ।