यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर


काठमाडौं, पुष १६। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?