घर फर्कने टिकट लिएका एक नेपालीको कुवेतमा मृत्यु


काठमाडौं, पुष १७। वैदेशिक रोजगारीका क्रममा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । रुकुम पश्चिमका ४३ वर्षीय महेश घर्तीको हृदयाघातबाट मृत्यु भएको हो । उनलाई हृदयाघात भए लगतै कुवेतको एक अस्पताल लागिएको र उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

विगत ३ वर्षदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका उनी घर फर्कनका लागि टिकट लिएर बसेका थिए । मृत्युपछि कम्पनी र परिवारसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी जतिसक्दो चाँडो शव नेपाल पठाइने दूतावासले जनाएको छ । उनका श्रीमती, ३ छोरी र १ छोरा रहेको बताइएको छ ।