प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक पुस २२ गते


नेकपा माओवादी केन्द्रको महाधिबेशन जारी रहेकाले प्रतितिनिधि सभाको बैठक स्थगित गरिएको छ। माओवादीको आग्रहमा आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको भएपनि स्थगित भएको हो ।

माओवादीले पार्टीको आठौं महाधिवेशन जारी रहेकोले प्रतिनिधि सभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको थियो।

माओवादीले आज केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्ने कार्यतालिका छ । संघीय संसद सचिवालयका अनुसार अब पुस २२ मा अर्को बैठक बस्नेछ।

साथै आजका लागि बोलाइएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ ।
माओवादीमा नयाँ नेतृत्वको लागि चुनावी अभियान जारी नै छ । अध्यक्षमा स्वतः प्रचण्डनै हुने भएपनि अन्य पदमा निकै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि नेतृत्वले सहमतिमै समिति चयन गर्ने कसर गरेको छ ।