मलामी बोकेको बस पाल्पामा दुर्घटना, सात जनाको मृत्यु


आइतबार पाल्पामा मलामी बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ८ जनाको उद्वार गरी उपचारको लागि तानसेन पठाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर ज्ञवालीले बताएका छन् । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन गुल्मी सडकखण्डको लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको घटनास्थल पुगेको हो ।

बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन्। उद्वारकार्य अहिले पनि जारी छ। शवसहित मलामी बोकेर बस रिडी तर्फ जाँदै गरेको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।