चेल्सी र लिभरपुलको रोमाञ्चक बराबरी


काठमाडौं, पुष १९। इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरी खेलेका छन् । गएराति भएको खेलमा चेल्सी र लिभरपुल २-२ को बारबरी खेल्दै अंक बाँडेको हो । लिभरपुलले २ गोलको अग्रता लिएपनि जोगाउन सकेन ।

प्रतिस्पर्धात्मक खेलमा चेल्सीको लागि माथियो कोभासिस र क्रिस्टियन पुलिसिसले गोल गरे । लिभरपुलको लागि साडियो माने र मोहम्मद सलाहले गोल गरेका थिए । सबै गोल पहिलो हाफमै संभव भएको थियो । खेलको नवौं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

४२औं मिनेटमा कोभासिसले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत दिए । पहिलो हाफमो इन्जुरी समयमा पुलिसिसले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । दाेस्राे हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो । यो बराबरीसँगै चेल्सी र लिभरपुल यथावत स्थानमा रहेको छ । २१ खेलबाट ४३ अंक जोड्दै चेल्सी दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको लिभरपुलको ४२ अंक छ ।