कांग्रेसमा सभापति देउवापछि रामचन्द्र पौडेलको वरियता


नेपाली काँग्रेसमा रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले दोस्रो वरियता दिइएका छ । सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई दोस्रो वरियता दिइएका हुन ।

यस अघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए भने सोमबारको केन्द्रीय समिति बैठकमा उनलाई दोस्रो वरियतामा देउवाले राखेका हुन् ।

उनले महाधिवेशनका बेला राजनीतिबाट सन्यास नै लिनेसम्मको धारणा सार्वजनिक गरेका थिए भने पछि फेरि युटर्न हुँदै राजनीतिमा सक्रिय रहिरहने बताएका थिए । पौडेलपछि पदाधिकारीहरुको वरियता रहेको छ भने त्यसपछि पूर्वपदाधिकारी, शेखर कोइरालाको रहेको छ ।