समाजवादीले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो


नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका ४ उम्मेदवारको नाम टुंगो लगाएको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार छनोट गरेको हो ।

नेकपा एसका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ बाट जयन्ती राई, वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा, सदूरपश्चिमबाट मदनकुमार शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ। नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले उम्मेदवारको नामावली टुंगो लगाइसकेको छ । मााओवादी जनता समाजवादी पार्टीले नामावली टुंगाले लगाउन बाँकी छ ।