एमालेले राष्ट्रियसभाका १९ उम्मेदवारको टुंगो लगायो


नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि १९ जना उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।

एमालेले प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । त्यसैगरी प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

वागमती प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनाएको एमालेले गण्डकी प्रदेशमा गोविन्द बहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।

यसैगरी लुम्विनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशबाट पदमबहादुर माझी, जमुना थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ ।

सुदुरपश्चिम प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको बैठकमा सहभागी एक नेताले बताए ।

फागुन २० पछि एमालेले जितेका ८ सिटसहित कुल १९ स्थान रिक्त हुँदैछन् । एमालेतर्फका प्रदेश १ बाट तीनजना राष्ट्रियसभा सदस्य पदमुक्त हुँदैछन् । त्यस्तै, प्रदेश २, लुम्विनी, सुदुरपश्चिम र कर्णालीबाट एमालेका एक÷एक सीट खाली हुन लागेका छन् ।

माघ १२ मा हुने राष्ट्रिसभाको निर्वाचनमा एमालेले आफ्नो पुरानो ८ सीट जोगाउनुपर्ने चुनौती छ । गठबन्धनको सहकार्यका कारण एमालेले एक सिट पनि जित्ने सम्भावना छैन ।

यसअघि एमालेले जितेका ८ सीट

१. सुमनराज प्याकुरेल प्रदेश २

२. रामलखन चमार लुम्विनी

३. परशुराम मेघी गुरुङ, प्रदेश १

४. नैनकला ओझा प्रदेश १

५. चक्र प्रसाद स्नेही, सुदुरपश्चिम

६. कोमल वली लुम्विनी

७. कविता वोगटी, कर्णाली

८. अगमप्रसाद वान्तवा प्रदेश १