प्रधानमन्त्री देउवा आज दिनभर धरानमा रहने


काठमाडौं, पुष २०। धानमन्त्री शेरबहादुर देउवा सुनसरी जाने भएका छन्। सुनसरीको धरानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आज हेलिकोप्टर मार्फत त्यसतर्फ जान लागेका हुन्। देउवा बिहान १० बजे धरान आइपुग्ने र अपरान्ह चार बजे काठमाडौं फर्किने कार्यक्रम रहेको धरान उपमहानगरपालिका मेयर तिलक राईले जनाकारी दिए।

प्रधानमन्त्री देउवाले त्यहाँ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर एकको भवन उद्घाटन गर्ने कार्यतालिका छ। त्यसपछि उनले धरानका मेयर तिलक राईको निवासमा खाना खानेछन्। त्यहाँ उनले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने मेयर राईका प्रेस संयोजक पारस राईले बताए। यस्तै देउवाले पानमारामा नवनिर्मित फोहोर मैला प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्ने अर्को कार्यक्रम पनि तय भएको छ। धरान उपमहानगरपालिकाले २६ करोड लागतमा फोहोर मैला प्रशोधन केन्द्र निर्माण गरेको हो।

आज नै प्रधानमन्त्री देउवाले धरानको निर्माणाधीन बसपार्कको निरीक्षण गर्दैछन्। उनी धरान डेमा पनि सहभागी हुने छन्। धरान उपमहानगरपालिकाले पुस २० गतेलाई ‘धरान डे’को रूपमा विविध कार्यक्रमको आयोजना गरी हरेक वर्ष मनाउने गरेको छ। यस्तै उनले धरानमा नवनिर्मित व्यवहारिक शिक्षालयको पनि उद्घाटन गर्नेछन्। धरानको कार्यक्रम सकेर देउवा आजै अपराह्न ४ बजे काठमाडौं फर्कने तालिका छ।