मोदीलाई कालो झण्डा देखाउने महिलालाई गोली हानियो


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएउने एक महिलामाथि गोली हानीएको छ । गोली लागेर घाइते भएकी ती महिला अस्पतालमा भर्ना भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीमाथि गोली चलाउने व्यक्तिको भने पहिचान भएको छैन ।

गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस(वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो । सो घटना भएको एक महिनापछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् । उनी त्यसअघि सुल्तानपुरमा प्रखर सामाजिक कार्यकर्ताको रुपमा परिचित थिइन् ।

रीता यादवले मिडियालाई दिएको जानकारी अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गोली हानिएको हो ।

बोलेरो चढेर फर्किंदै गर्दा तीन जना व्यक्ति ओभरटेक गरेर चढेको गाडी रोके र गाली गर्दै हत्या गर्ने धम्की दिएको बीबीसी हिन्दीले जनाएको छ । उनीहरुले गाडी चालकको कन्चटमा पेस्तोल राखेका थिए । भने एक जनालाई गालामा हिर्काएँ, त्यसपछि उनीहरुले उनीमाथी गोली चलाएर भागेको बताएकी छनन् । गोली हान्नेहरूलाई नचिनेको उनले बताएकी छन् ।