राष्ट्रियसभा बैठक पुस २५ गते बस्ने


राष्ट्रिय सभाको बैठक आगामी पुस २५ गतेका लागि बोलाइएको छ। यसअघि पुस ५ गते बसेको बैठक अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्नेगरी स्थगित भएको थियो।

मंगलबार संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रियसभा अध्यक्षले पुस २५ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको जनाएको छ।

राष्ट्रियसभाको पुस ५ को बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको थियो। एमालेले लगातार संघीय संसदका दुबै सदनको बैठकमा लगातार अवरोध गर्दै आएको छ। राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमा आज उम्मेदवारको नामावली दर्ता गरेको छ ।