सबै स्थानीय तहमा प्राबिधिक शिक्षालय पुराउने दाबी


काठमाडौं, पुष २०। प्राबिधिक शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिइभीटीका) सदस्यसचिव जीवनारायण काफ्लेले सबै स्थानीय तहमा प्राबिधिक शिक्षालय पु¥याउने दाबी गरेका छन् । सिटिइभीटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक गरेका मुख्य–मुख्य कामको सुचीमा सबै स्थानीय तहमा प्राबिधिक तथा व्यवसायीक शिक्षा पु¥याउने उद्घोष गरे अनुरुप तयारी भैरहेको जानकारी दिए ।

पछिल्लो समय निजी नर्सिङ कलेजमा भर्ना प्रकृयाको विषयमा बहस भैरहेको बताउदै सिटिइभीटीले संम्बन्धन दिएको संस्थालाई बचाउन र जनताको छोराछोरीले पढ्न पाउने अवसर दिने सन्दर्भमा गम्भीर भएको बताएका हुन ।
देशमा हजारौ संख्यामा नर्सको आवश्यकता छ । बेलायत, इजरायल , अमेरिका, अष्ट्रेलिया लगायत अधिकांस मुलुकमा नेपालमा नर्सिङ पढ्ने विद्यार्थीको माग राखेका छन । यस्तो अवस्थामा नेपाली लगानीमा खुलेका संस्थालाई बन्द गर्न भएका विभिन्न प्रपञ्चले संस्थालाई आँच पुगेको बताएका छन् ।