प्रधानमन्त्रीले मन्त्री र सचिवसँग छलफल गर्ने


काठमाडौं, पुष २१।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम कामकारवाही र मन्त्रालयगत प्रगतिलगायतका विषयलाई लिएर मन्त्री र सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन् । छलफलका लागि बुधबार दिउँसो सिंहदरबारमा सबै मन्त्री र सचिवहरूबीच छलफल भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारका काम कारबाही, अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था, सार्वजनिक सेवाहरू लगायत विषयमा मन्त्री र सचिवहरूबाट ब्रिफिङ लिने, साथै निर्देशन दिने कार्यक्रम रहेको छ ।

मन्त्री र सचिवहरूलाई निर्देशन दिने कार्यक्रम रहेको छ । धेरै समय पार्टीका आन्तरिक काममा उल्झन भयो, अब सरकारका काममा केन्द्रित हुनुपर्नेछ सरकारको लक्षय रहेको छ ।

साढे १ बजे मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठकमा सरकारका काम कारबाही र प्रधानमन्त्रीको भारत भ्रमण लगायतका विषयले समेत प्रवेश पाउने छ ।

देउवा यसपटक प्रधानमन्त्री भएपछि पहिलो पटक आगामी साता भारत भ्रमणमा जाँदैछन् । त्यस्तै, राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीको विषयमा समेत छलफल हुने जनाइएको छ ।