पाँचथरमा आगलागी हुँदा तीन वटा घर र छ वटा पसल जलेर नष्ट


काठमाडौं, पुष २२। पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी भएको छ । बुधवार राति भएको आगलागीमा तीन वटा र घर ६ वटा पसल जलेका छन् । स्थानीय जितबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागीमा मेयोङवासहित रामजित राई र मनबहादुर राईका घर जलेका छन् ।

तीन वटा घर जल्दा त्यहाँ रहेका आईएमईको शाखा काउन्टरसहित छ वटा पसल जलेको प्रहरीले जनाएको छ । आगो स्थानीय, प्रहरी र फिदिमबाट गएका दमकलको सहायताले निभाइएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।