एमालेको जिल्ला अधिवेशन आज


काठमाडौं, पुष २३। नेकपा एमालेको जिल्ला अधिवेशन आज हुँदैछ । अध्यक्ष केपी ओलीले बिहान ११ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । एमालेले भरसक सहमतिमै नेतृत्व चयन गर्न आन्तरिक सर्कुलर जारी गरेको छ ।

अत्यधिक चिसोको कारण केही हिमाली जिल्लामा भने आज अधिवेशन नहुने भएको छ । यसैगरि प्रदेश २ का केही जिल्लामा सदस्यता विवाद रहेकोले ती जिल्लाहरुमा पनि आज अधिवेशन हुनेछैन । जिल्ला अधिवेशनपछि एमोलले आगामी माघ ८ गते प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ । गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो ।