नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि


काठमाडौं, पुष २३। नेपालमा थप २४ जनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । पुस महिनामा १ हजार १ सय ४६ जिन सिक्वेन्सिङ गर्दा २ सय ५० वटा नमूनामा एस–जिन नेगेटिभ देखिएको थियो । एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ। साथै, सीमामा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ भएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ ।