नारायणहिटीमा बतासले निर्माण गरेका संरचना भत्काउन सुरु


नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको क्यान्टिन तथा रेस्टुरेन्ट भत्काउन सुरु भएको छ । संस्कृति पयर्टन तथा नागरिक उडड्यन मन्त्री प्र्रेम आलेले नियमविपरित बनाइएका संरचना आइतबार १२ बजेसम्म भत्काउने समय सिमा दिएसँगै बतासले आफै भत्काउन सुरु गरेको हो ।

दरबार संग्रहालय परिसरमा सञ्चालनका लागि बनाउन लागिएको संरचना आज शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु गरेको छ। यी संरचना भत्काउनका लागि १२ जना कामदार खटाइएको जनाएको छ। हालसम्म जस्तापाता, वरिपरिको पर्खाल र तारजालीको बार गरी अधिकांश संरचना भत्काइएको छ।