कोरोना संक्रमित एकै दिन हजार नजिक


पछिल्लो २४ घण्टामा ९ सय ६८ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टिजेन गरी १४ हजार ९ सय ७१ परीक्षणमा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

शुक्रबार ५ सय ४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४ सय भन्दा बढी थपिएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय ६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ रहेको छ ।
भारतमा कोरोना संक्रमणको दर उच्च भएपनि नेपालका सिमा नाकामा स्वास्थ्य सुरक्षाको उचित प्रवन्ध नहुदाँ नेपाल थप जोखममा परेको हो । अर्कोतर नेपालका राजनीतिक दलका भेला, सम्मेलन तथा क्रियाकलापमा तिव्रता हुदाँ थप जोखिम बढेको हो ।