विभागीय प्रमुखलाई कार्यसम्पादन रिर्पोट पेश गर्न शिक्षामन्त्री पौडेलेको निर्देशन


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्र्गतका विभागीय प्रमुखलाई १५–१५ दिनभित्रको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका छन् । शुक्रबार विभागीय प्रमुखसंग मन्त्रालयमा भएको छलफल कार्यक्रममा मन्त्री पौडेलले १५–१५ दिनमा कार्यसम्पादनको रिर्पोट पेश गर्न निर्देशन दिएका हुन ।

‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिर्पोट गर्नुहोस्’ मन्त्री पौडेलले भनेका छन् । अर्को हप्ता काम गरी नतिजा नस्किने गरी काम हुनप¥यो भन्दै मन्त्री पौडेलले नभएमा उचित कारण पेश गर्नुपर्ने चेतावनी दिएका हुन ।

मन्त्री पौडेलले ५० औंं वर्षदेखि अड्किएका फाइलहरुको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशन समेत दिनुभयो । ‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहने हुन्छ, सेवा ग्राहीको पनि दिए । उनले एक हप्तामा अध्ययन गरेर हुने नहुने निर्णय दिन निर्देशन दिएका छन् ।

शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असाहय विद्यार्थीलाई दिने छात्रवृत्ति नरोक्न विभागीय प्रमुखलाई निर्देशन दिए ।
‘कुनै पनि छात्रवृत्तिको पैसा फिर्ता नुहने भन्दै मन्त्री पौडेलले छात्रवृत्ति समयमा विद्यार्थीस्तरमा पुग्नुप¥यो फिर्ता हुँदा सन्देश राम्रो नजाने बताए ।

मन्त्रालयले बनाएको लक्ष्य पुरा गर्न कर्मचारीमा संकल्प, इच्छा शक्ति र सक्रियता हुनपर्नेमा जोड दिँदै उनले देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय भएको बताए । कमाण्ड कन्ट्रोल हुनुपर्ने, त्यसो भएन भने भद्रागोल हुने भन्दै समस्या प्रक्रियागत रुपमा ल्याउनुपर्ने बताए ।

यस्तै शिक्षा, राज्यमन्त्री बोधमाया यादवले विद्यालयमा समयमा नै पाठ्यपुस्तक पु¥याउन अहिलेदेखि नै लाग्नुपर्ने बताइन