उपत्यकामा कोरोना संक्राित बढेसंगै तीन जिल्लाका सिडिओ छलफलमा


उपत्यकामा हरेका दिन कोभिड १९ को संक्रमण बढ्दै थप निर्णय गर्न राजधानीका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी निर्णय गर्ने भएका छन् । स्थानीय प्रशासनले जनजीवनमा पुनः कडाइ गर्ने तयारी गरेको बताएको छ ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर कोभिड संक्रमण नियन्त्रणको विषयमा आवश्यक निर्णय लिन लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।

आज दिउँसो वा भोलिसम्ममा बैठक बस्ने र पछिल्लो समय उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न बैठकले आवश्यक निर्णय लिने तयारी गरेको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमण नियन्त्रणको लागि सरकारले नागरिकको जमघटमा पुनः कडाइ गर्ने तयारीसमेत अघि बढाएको छ।

काठमाडौं उपत्यका सङ्क्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। शनिबार एकैदिन काठमाडौंमा ३ सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

विगत एक सातायता उपत्यकामा संक्रमणदर सात प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण विभिन्न दलका भेला, सम्मेलन र कार्यक्रमका कारण थप बढेको छ ।

माओवादीका अध्ययक्ष सहित शिर्ष नेतालाई कोरोना भाइरस पुष्टि भएको छ भने प्रधानमन्त्री र सूचना, सञ्चार तथा प्रविधि मन्त्री समेत आइसोलेशनमा बसेका छन् । यता प्रमृुख प्रतिपक्षिदलका नेता तथा एमाले अध्यक्ष केपि शर्मा ओली समेत शंकाको घेरामा परेका छन् ।