पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ आतंककारीको मृत्यु


पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रान्तीय राजधानी क्वेटाको पूर्वी बाइपास क्षेत्रमा ६ जना आंककारी मारिएको बताइएको छ । विशेष अप्र्ेशन सञ्चालन गरिएको काउन्टर टेररिज्म डिपार्टमेन्टको कारबाहीमा कम्तिमा छ जना आतङ्कवादी मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका हुन ।

प्रतिबन्धित संगठनका छ जना आतङ्ककारीहरू छापा मार्ने क्रममा सुरक्षा टोलीसँगको गोली हानाहानमा मारिएको एआरवाई न्यूजले सीटीडीलाई आइतबार एक विज्ञप्तिमा उद्धृत गर्दै जनाएको हो ।

आतङ्ककारी लुकेको ठाउँबाट हतियार र विष्फोटक पदार्थ पनि बरामद सहित बन्दोबस्तीका सामान समेत बरामत गरिएको छ ।

आतङ्कवादी पक्राउ गर्नेलाई पाकिस्तानी रुपैयाँ २० लाख इनाम रकम थियो । यसअघि शनिबार पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीसँगको गोली हानाहानमा दुई आतङ्कवादी मारिएका हुन ।