आर्थिक वृद्धिदरको लक्ष्य भेटाउान मुस्किल


चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीले आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती थपिएको बताएका हुन ।

खासगरी धान उत्पादनमा आएको कमी र सेवा क्षेत्रमा निरन्तर परिरहेको कोरोनाको प्रभावले यस्तो चुनौती थपिएको शर्माको भनाई छ ।
मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६.५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको उनले बताए । यसमा आन्तरिक तथा बाह्य दुबै कारण रहेको उनको भनाई छ । यो साताबाट तरलता केही सहज बनेको भएपनि सहज हुन अझै समय लाग्ने बताएका छन् ।

अर्थतन्त्रमा चुनौती भने बाह्य क्षेत्रको चाप रहेको भन्दै यसलाई बढ्दो आयात मुख्य कारण रहेको उनले बताए । सरकारको पूँजिगत खर्च प्रयाप्त हुन नस्कदाँ आर्थिक चापमा दवाव परेको हो ।