दुईवटा हेलिकोप्टरमार्फत ओली आज संखुवासभा जाँदै


काठमाडौं, पुष २६। आज (सोमबार) नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संखुवासभा जाँदै छन् । एमाले जिल्ला अधिवेशनलाई उद्घाटन गर्न अध्यक्ष ओली संखुवासभा जान लागेका हुन् । आजबाट एमाले संखुवासभाको अधिवेशन खाँदबारी बजारको टुडिखेलमा हुँदै छ ।

त्यसकाे लागि ओलीसहितका नेताहरू दुईवटा हेलिकोप्टरमार्फत संखुवासभा जान लागेका हुन् । एमाले संखुवासभाको अनुसार अध्यक्ष ओलीसहितका नेता हेलिकोप्टरमार्फत जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा ओर्लने छन् । अधिवेशनमा २५ हजार बढी जनसहभागी हुने आयोजकको दावी छ । ओली आजै काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।