माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय


माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारी मन्त्रालयको छ ।

कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका छन् ।

नेपालमा समेत कोरोना संक्रमणदर बढेसंगै कडाईका साथै सावधानी अपनाउन थालिएको छ ।