पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्ने


पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् । शाहले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिएका छन् । उनी मध्यान्ह साढे १२ बजेपछि त्यहाँ पुग्ने कार्यक्रम तय भएको छ ।

मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती हो । यो दिवसको अवसरमा गणतन्त्र भन्दा पहिला हरेक वर्ष राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको भएपनि पछिल्ला सरकारले विदा कटौती गरेका छन् ।