राष्ट्रपति भण्डारीको जन्मघर भोजपुरबाट इन्द्रेणी कार्यक्रम छायाङकन (भिडियोसहित)


नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवि भण्डारीको जन्म घरमा कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनको टिम पुगेको छ । सेवा, सन्देश र मनोरञ्जन दिने उद्देश्यका साथ सांस्कृतिक अभियानमा लागेको इन्द्रेणीको टिम राष्ट्रपति भण्डारीको जन्मथलो रामप्रसाद राई गाँउपालिका–५ आम्बोटे, भोजपुरमा इन्द्रेणी कार्यक्रम छायाङकनका लागि पुगेको हो ।

सबै जिल्ला, क्षेत्र र समुदायको सांस्कृतिक संस्कार तथा मौलिकता संगीतको तर्फबाट प्रस्तुत गर्ने शिलशिलामा मुलुकको राष्ट्र प्रमुख विद्यादेवि भण्डारीको जन्मथलो भोजपुर घरबाट इन्द्रेणी कार्याक्रम छायाङकन भएको फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले बताए । इन्द्रेणीको टिम भण्डारीको घरमा पुग्दा गाँउलेहरुले भव्य स्वागत संस्कार समेत गरेका छन् ।

राष्ट्रपति भण्डारी बुवा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेको कोखबाट विंक्रम सम्वत २०१८ साल असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको तत्कालिन मानेभञ्ज्याङ गाउँमा भएको हो । पाण्डे परिवारका पाँच छोराछोरी मध्ये भण्डारी जेठी सन्तान हुन ।

गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर सङ्घर्षका अनेकौं आरोह अवरोहहरू पार गर्दै राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारीमा पुग्‍न सफल उनको जन्म घरबाट इन्द्रेणी टिमले कार्यक्रम छायाङकन गरेको हो ।

कार्यक्रम छायाङकन भएपछि भावीपुस्ताले समेत राष्ट्रपतिको जन्मघर देखि सामान्य जीवन र संर्घषबाटै सफलता मिल्नुका साथै प्रेरणादायी र उर्जापूर्ण भाव व्यक्त गर्न सकिन्छ भन्ने कार्यक्रमको मुख्य ध्यये हो । भण्डारीको राजनीतिक यात्राकै क्रममा विक्रम सम्वत् २०३९ सालमा कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग विवाह भएको थियो ।

दुर्गम ग्रामीण परिवेशमा सामान्य किसान परिवारमा जन्मीएकी एक नारी संघर्ष गर्दै मुलुककै सर्वोच्च पदमा पुग्न सफल हुनु र उनकै जन्मघरबाट इन्द्रेणी टिमले कार्यक्रम उत्पादन गर्नु सबै विशिष्ठ व्यक्तित्वहरुको लागि समेत प्रेरणाको स्रोत बन्नुसक्ने अपेक्षा इन्द्रेणी टिमले लिएको छ ।

इन्द्रेणी कार्यक्रम मार्फत मुलुकका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पौराणिक स्थलका साथै राज्यको ध्यान नपुगेको क्षेत्रहरुको उचित प्रचार प्रसार गर्दै आएको छ ।

इन्द्रेणी कार्यक्रम मार्फत छायाङक गरिएका सम्पूर्ण सामाग्री तथा कार्यक्रमहरु इन्द्रेणी डट कम मार्फत र्हेन र पठन सकिन्छ ।