कोरोना संक्रमण फैलिएपछि राष्ट्र बैंकको भीडभाड नहुने व्यवस्था मिलाउन निर्देशन


कारोना संक्रमण फैलन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भीडभाड नहुने व्यवस्था मिलाउन नयाँ निर्देशन जारी गरेको छ।

केन्द्रिय बैंकले सोमबार कारोना संक्रमण फैलन थालेको भन्दै सुरक्षा सम्वन्धि मापदण्ड पलना गर्दै सेवा प्रवाह गर्न आग्रह गरेको छ।

सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक उपायहरु अमलम्वन गर्न भनेको छ। त्यस्तै सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न भनेको छ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाद्धारा सञ्चालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुल्ला राखी स्यानेटाइजरको व्यवस्था गर्ने र बैठक गोष्ठी, तालिम जस्ता भौतिक दूरी सुनिश्चित गर्ने र सकभर अनलाइनमार्फत नै गर्न आग्रह गरेको छ।