राष्ट्रपति भण्डारीबाट पृथ्वीनारायणको शाहको शालिकमा माल्यार्पण


राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर शाहप्रति कृतज्ञता व्यक्त गरेकी हुन ।

माल्यार्पण गर्न विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणहरु पनि त्यहाँ पुगेका छन् ।

कार्यक्रममा पर्यटनमन्त्री प्रेम आले, राप्रपाका नेता कमल थापा, विभिन्न सुरक्षा निकार्यका व्यक्तिहरु सहगागी भएका थिए ।

कार्यक्रममा नेपाली सेनाको टोलीले सम्मान गारथ अर्पण गरेको थियो । राष्ट्रपतिले साहको योगदानको कदर गर्दै सालीकमा माल्यर्पण गरेपनि सरकारी स्तरबाट भने बेवास्ता गरिएको हो ।
पृथ्वीनारायणको शाहको जन्मदिनको अवसरमा राजधानीसहित देशैभर विभिन्न कार्यक्रम गरी स्मरण गरिएको हो ।