माधवकुमार नेपाललाई कोरोना संक्रमण


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।  उनमा कुनै प्रकारको लक्षण नदेखिएको र घरमै आइसोलेटेड भएर बसेको नेपालको सचिवालयले जनाएको छ ।

पछिल्ला एक हप्तामा विभिन्न दलका शिर्ष नेतालाई कोरोना भाइरस संक्रमण भएको छ । नेपालमा पछिल्ला दिनमा संक्रमितको संख्या हुवात्तै बढेर दैनिक १५ सयको हाराहारीमा पुगेको छ ।