ललितपुरमा माक्स अनिवार्य प्रयोग गर्न निर्देशन


जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो ।

प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ । राजधानीमा पछिल्ला दिनमा कोरोना संक्रमणदर प्रति दिन हजारको हाराहारीमा पुगेको छ ।